नियम १०५
बोलपत्रको प्रतिलिपि प्रति पेश गर्नु पर्ने
बोलपत्रदाता वा प्रस्तावदाताले
पूर्वयोग्यताको प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव पेश गर्दा पूर्वयोग्यता
सम्बन्धी कागजात, बोलपत्र सम्बन्धी कागजात वा प्रस्ताव आव्हान सम्बन्धी
कागजातमा उल्लेख भएको संख्या र दिईएको निर्देशन बमोजिम प्रतिलिपि प्रति (कपी)
सहित पेश गर्नु पर्नेछ ।